कान्तिपुर कलेजमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बिराटनगर । विराटनगर–१० स्थित कान्तिपुर कलेजद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा कलेजका कृपा करुणा पोखरेल पहिलो भएका छन् ।

कोभिड–१९ को प्रभावबारे विषयक प्रतियोगितामा कलेजका १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै पोखरेल पहिलो भएका हुन् । त्यस्तै, अनु मगर दोस्रो र निरज चौधरी तेस्रो भए । उनीहरूलाई कार्यक्रमको समापनमा पुरस्कृत गरिएको कलेजले जनाएको छ । प्रतियोगिताको निर्णायकहरुमा प्रा.डा तेजनारायण मण्डल, जनक अधिकारी र कृष्णप्रसाद वस्ती रहेका थिए ।

विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले शैक्षिक क्षेत्रमा कोभिड–१९ को प्रभावबारैमा वक्तृत्वकला गरिएको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस