जनमत पार्टीका ८ कार्यकर्ता रिहा, जिल्ला संयोजकसहित छ जनामाथि थालियो अनुसन्धान

राजविराज, १७ पुस । सप्तरीबाट पक्राउ परेका डा.सीके राउत नेतृत्वका जनमत पार्टीकाे १४ मध्ये ८ जना कार्यकर्ता रिहा भएका छन् ।

पार्टीले अाह्वान गरेको बन्दलाई सफल पार्न सडकमा प्रदर्शन गरिरहेका नेता/कार्यकर्तालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले अनुसन्धानपछि ८ जनालाई छाडिएको बताए ।

यद्यपि ६ जनामाथि अझै अनुसन्धान भईरहेकाे उनले बताए । उनका अनुसार जसमा जनमत पार्टीका सप्तरी जिल्ला संयोजक किसान मण्डल, सचिव थानेश्वर साह सहितका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस