ओमिक्रोनको नयाँ लक्षण: चिलाउनु र छालामा ऱ्यासेज आउनु

जनकपुरधाम । अहिलेसम्म ओमिक्रोनको विषयमा गरिएका विभिन्न अनुसन्धानहरु बाहिरिएका छन् । पछिल्लो समय फेरि वैज्ञानिकहरुले यसको लक्षणलाई लिएर गरेको अर्को अनुसन्धान बाहिरिएको छ ।

लण्डनको किंग्स कलेज र स्वास्थ्य विज्ञान कम्पनीका विशेषज्ञका अनुसार यदि बिरामीको छालामा असामान्य प्रकृतिको र्यासेज आउने र चिलाउने समस्या आयो भने यो ओमिक्रोन हुनसक्छ । यसका लागि छालामा आउने परिवर्तनलाई ध्यान दिनुपर्छ ।

सेतो ऱ्यासेज
अनुसन्धानका अनुसार छालामा अचानक आउने र्यासेजले निकै धेरै चिलाउने समस्या आउँछ । यो केही समयमा नै आफै हराएर जान्छ । यो शरीरको कुनै पनि भागमा आउन सक्छ । यो सामान्यतयाः एलर्जी भएको समयमा हुने गर्छ तर, यो ओमिक्रोनको लक्षण पनि हुन सक्छ ।

घमौरा र ठेउला जस्ता लक्षण
यो धेरैजसो कुहिँना, घुँडा, हात र गोडामा देखिन्छ । सानो तर रातो रङको स–साना दाना जस्ता चिलाउने बिबिरा आउँछन् । यसले एक हप्तासम्म दुख दिन्छ ।

चिल्ब्लेन
चिसो मौसममा अत्यधिक चिसोले हातगोडा सुन्निने र रातो रगत जमेजस्तो हुने समस्या हुने गर्छ । तर अनुसन्धानले यो ओमिक्रोन हुँदा हुने लक्षण पनि भएको बताएको छ । यसमा चिलाउने र सुन्निने पनि गर्छ । केहीमा यो लक्षण संक्रमण सुरु भएपछि देखिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780