रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’

जनकपुरधाम, १९ पुस । लम्बित सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गरेका छन् । सोमबार गाँजाबाजासहित निर्वाचन आयोग पुगेको निलम्बित सांसद चौधरीको समूहले ‘नागरिक उन्मुक्ति पार्टी’ पार्टीको नाम राखेको छ भने अध्यक्ष उनकी श्रीमती रञ्जिता श्रेष्ठलाई बनाएका छन् ।

भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका थिए । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौँमा प्रदर्शन भइरहेको छ ।

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् ।

चौधरी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस