जनमत पार्टीका सप्तरी अध्यक्षसहित छ जनामाथि मुद्दा चलाइयो

राजविराज, १९ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका सप्तरी अध्यक्षसहित छ जना नेता/कार्यकर्ताविरुद्ध सप्तरी प्रहरीले मुद्दा चलाएको छ ।

पार्टीले आह्वान गरेको बन्दलाई सफल पार्न पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको भारदह र कञ्चनपुरसहितका स्थानमा प्रदर्शन गरिरहेको बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमध्ये छ जनाविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाइएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

उनका अनुसार गत शुक्रवार पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका पार्टी अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का पार्टी अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साह विरुद्ध मुद्दा चलाइएको हो ।

सो मुद्दामा ७ दिन म्याद थप गरी कानूनी प्रक्रिया अघि बढेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

किसानको माग उठाउँदै जनमत पार्टी गत बुधबारदेखि आन्दोलित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस