दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना

जनकपुरधाम । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार उनले ट्विट गर्दै सोबारे जानकारी दिएका हुन् ।

हाल उनी घरमै आइसोलेसनमा बसेका छन् । केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ, लक्षणहरू हल्का छन् । मैले अहिले घरमै आइसोलेसन गरेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैले आफूलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गराउनुहोस् ।’

Author:



क्याटोगरी छान्‍नुहोस