नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले छेक्दैन : मुख्यमन्त्री राउत

जनकपुरधाम, २५ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आइतबार भारतीय महावाणिज्य दूतावास वीरगंजले विश्व हिन्दी दिवसको अवसर पारेर जनकपुरधाममा आयोजना गरेको ‘नेपाल और भारतके सांस्कृतिक सम्बन्ध मे हिन्दी का योगदान विषयक गोष्ठी’लाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘बोल्न र बुझ्नमा सहज हुने भएकोले दुवै मुलुकका नागरिकबीच सम्बन्ध स्थापित राख्न पनि हिन्दी भाषा महत्वपूर्ण छ’ उनले भने–‘पूर्व पश्चिमलाई जोड्ने काम पनि हिन्दी भाषाले गरिरहेको छ ।’ नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले नछेक्ने तर्क गर्दै उनले सदियौं पुरानो सम्बन्ध स्थापित राख्न पनि हिन्दी भाषाको योगदान महत्वपूर्ण रहेको बताए ।

मुख्यमन्त्री राउतले विभिन्न भाषाको अध्ययन र अनुसन्धान गर्नकोलागि प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया चाँडै अघि बढाउने जानकारी गराए । सो अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साहले हिन्दी भाषा नेपाल र भारत बीचको सम्बन्धलाई स्थापित गर्न सेतुको काम गरेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस