प्रदेशमै उत्कृष्ट आईडियल सहकारी संस्था सम्मानित

राजविराज, २७ पुस । सप्तरीको राजविराजस्थित सञ्चालित आईडियल सहकारी संस्था लिमिटेड प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको अवसरमा सोमवार सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा योगदान पुर्याइएवापत संस्थालाई राष्ट्रिय सहकारी बैंक लिमिटेडले सम्मानित गरेको हो ।

संस्थाका अध्यक्ष गणेशकुमार आशले ग्राहक र शेयर सदस्यको विश्वास र संस्थाको आचरण, व्यवहारले सम्मानित भएको प्रति खुशी व्यक्त गरे । संस्थाको कार्यालयमा मंगलवार सो बारे सञ्चारकर्मीहरुलाई जानकारी गराउँदै अध्यक्ष आशले भने–‘व्यापार, रोजगार, कृषि, महिला संशक्तिकरणसहितका क्षेत्रहरुमा संस्थाले प्रतिवद्ध भएर सक्रियतापूर्वक काम गर्दै आएको छ ।’

उनका अनुसार एक हजार ४२८ सहकारीहरुमध्ये संस्था प्रदेशमै उत्कृष्ट भएको हो । विस २०५६ सालमा स्थापना भएर ४२ जना शेयर सदस्यबाट सुरु भएको संस्थाको हालसम्म १७ हजार ६५८ शेयर सदस्य पुगेका छन् भने ४ लाख २० हजार पँुजीबाट सुरु भएको संस्थाको हाल १० करोड १९ लाख शेयर पुँजी संस्थाका व्यवस्थापक विनोदकुमार रजकले जानकारी दिए ।

सदरमुकाम राजविराजमा मुख्य केन्द्र रहेको संस्थाले जिल्लाको हनुमाननगर र पातोमा पनि सेवा केन्द्र मार्फत सेवा दिँदै आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस