माघ ७ गतेदेखि सार्वजनिक स्थान जाँदा खोप कार्ड अनिवार्य, मोबाइलमा फोटो देखाए पनि हुने

जनकपुरधाम । काठमाडौं उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक स्थानहरूमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ ।

आज बसेको उपत्यकाका तीन जिल्लाका सीडीओहरूको बैठकले कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा पार्कजस्ता क्षेत्रमा प्रवेश गर्दा कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

खोड कार्डको मोबाइलमा फोटो भएपनि हुने प्रशासनले जनाएको छ ।

यसैगरी माघ ७ गतेदेखि नै उपत्यकाभित्रका सबै सार्वजनिक निकायबाट सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य देखाउनुपर्ने छ ।

Author:



क्याटोगरी छान्‍नुहोस