लेखा अधिकृत यादवको असमायिक निधन, नगरपालिकामा शोक विदा

राजविराज, २८ पुस। सप्तरीको राजविराज नगरपालिका मातहतका अति आवश्यक बाहेक कार्यालयहरु आज (बुधबार) बन्द गरिएको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका कार्यालयमा कार्यरत लेखा अधिकृत उमाशंकर यादवको असमायिक निधनले मर्माहत भएको जनाएको छ।

दुःखद घडीमा नगर कार्यपालिकाको अति आवश्यक सेवा बाहेक कार्यालय लगायत मातहतका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्थाहरु बन्द रहेको विज्ञप्तिमा छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन एवम् आफन्तमा धौर्यधारण गर्न माता राजदेवीले शक्ति प्रदान गरुन् भन्ने कामना समेत गरिएको छ ।

केही समयदेखि विरामी परेका लेखा अधिकृत यादवको ३३ वर्षको उमेरमा हिजो (मंगलवार) राति निधन भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस