लुटेरालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण, असई पोखरेल घाइते

जनकपुरधाम, ५ माघ । धनुषाको बटेश्वर गाउँपालिका–४ मा गए राति लुटेराको एक समुहले प्रहरीमाथि आक्रमण गरेको छ । राति करिब ११ बजे भएको आक्रमणबाट असई मनोज पोखरेल घाइते भएका छन् ।

घाइते असई पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । उनको टाउकामा १२ वटा टाँका लागेको उनले बताए ।

बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका–७ का अमित पासमानलाई लुटपाट गरेका थिए । सो घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर लुटेराहरुलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि एक्कासी आक्रमण भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चन्द्रदेव यादव, रामजिवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेशरवि दासलाई पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस