शहिद परिवार एवम् घाइेतहरुलाई आर्थिक सहयोग (फोटोफिचर)

राजविराज, ५ माघ । मधेश प्रदेश सरकारले मधेश आन्दोलनका शहिद परिवार एवम् घाइेतहरुलाई आर्थिक सहयोगसहित सम्मान गरेको छ ।

सप्तरीको राजविराजमा बुधवार आयोजना गरिएको ‘चौथो बलिदानी दिवस २०७८ को अवसरमा मधेश आन्दोलनका शहिद परिवार एवम् घाइते प्रति सम्मान कार्यक्रम’मा मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

मधेश शहिद स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको सो कार्यक्रममा मधेश आन्दोलनमा बलिदानी दिएका ५९ शहिद परिवारलाई ३–३ लाखका दरले आर्थिक सहयोगसहित सम्मान गरिएको छ भने ८६ जना आन्दोलनका घाइतेहरुलाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म सहयोग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस