सप्तरीमा स्रोत नखुलेको १० लाखसहित दुई युवक पक्राउ

राजविराज । सप्तरीमा स्रोत नखुलेको झण्डै १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय दिलिपकुमार मण्डल छन् ।

सो रकम भारतबाट नेपालतर्फ ल्याउने क्रममा दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । उनकाअनुसार राजविराज–हनुमाननगर सडक खण्ड अन्तर्गत छिन्नमस्ता अस्पताल अगाडी चेकजाँच गर्दा प्रदेश २–०१–००३ प. ३४७८ नम्बरको मोटरसाइकलमा सवार रहेको उनीहरुको साथबाट ९ लाख ९० हजार रुपैयाँ बरामद भएको हो ।

स्रोत नखुलेको अबैध रुपैयाँसहित मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस