सप्तरीमा कोरोनाबाट थप एकको मृत्यु

राजविराज, ८ माघ । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना पुरूषको मृत्यु भएको छ । जिल्लाको विष्णुपुर गाउँपालिका–७ का ६५ बर्षीय पुरुषको हिजो (शुक्रवार) संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनलाई पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो ।

यसअघि गत सोमवार पनि जिल्लाको रूपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै सप्तरीमा तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस