यी हुन् आईपीएल अक्सनका लागि सूचीकृत १५ नेपाली खेलाडी

जनकपुरधाम । भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै उत्कृष्ट क्रिकेट फ्रेन्चाइज लिग हो । यो लिगमा विश्वका नामी खेलाडीहरू खेल्ने भएकाले र खेलाडीले पाउने सेवा सुविधाले पनि विश्वकै क्रिकेटर यो लिगमा आकर्षित भएका हुन् ।

यो लिगको आगामी संस्करणका लागि फेब्रुअरी १२ र १३ मा मेगा अक्सन हुँदैछ । अक्सनभन्दा पहिला अक्सनमा समावेस भएका विश्वभरका खेलाडीको सूची आईपीएलले शनिबार जारी गरेको छ । नेपालका १५ जना खेलाडी सूचीकृत भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को सिफारिसमा ती खेलाडी सूचीकृत भएका हुन् । क्यानका अनुसार यसरी सूचीकृत हुने खेलाडीहरुमा कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, शरद भेषवाकर, करण केसी, सन्दीप जोरा, कुशल मल्ल, कुशल भुर्तेल, रोहितकुमार पौडेल, अविनाश बोहोरा, आरिफ शेख, आसिफ शेख, सुशान भारी र पवन सर्राफ छन् । हालसम्म नेपालबाट सन्दीप लामिछानेलेमात्र आईपएल खेलेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस