गाई काटेको आरोपमा २ जना पक्राउ

रोल्पा । गाई काटेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । निलस्मृति गाउँपालिका–८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वलबहादुर पुनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४–४ केजी मासु फेला पारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस