सप्तरीमा एक साबुन फ्याक्ट्रीमा आगलागी, ५० लाखको क्षति

राजविराज, १८ माघ । सप्तरी सदरमुकाम राजविराज नगरपालिकास्थित एक साबुन फ्याक्ट्रीमा मंगलबार विहान आगलागी भएको छ । वडा नम्वर ७ स्थित छिन्नमस्ता साबुन फ्याक्ट्रीमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीमा करिब ५० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार आगलागीका कारण तयारी अवस्थामा रहेको १ हजार २ सय कार्टुन कपडा धुने साबुन र १ हजार बोरा सर्फ जलेको छ ।

आगो राजविराज नगरपालिको दमकल, प्रहरी र स्थानिय मानिसको सहयोगमा नियन्त्रण लिइएको छ । जिल्लाको बोदेवरसाइन नगरपालिका–३ का सुनिल कुमार साह र वडा नम्वर ६ का प्रमोद कुमार साहले संयुक्तमा सो फ्याक्ट्री संचालन गर्दै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस