सप्तरीका नौ जना फरार प्रतिवादी पक्राउ

राजविराज, १८ माघ । सप्तरी प्रहरीले ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान र लूटपिट मुद्दामा जिल्ला अदालतबाट फैसला भएर फरार रहेका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका जिल्लाको राजगढ गाउँपालिका–६ का रामकिसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग, हरी किसुन खंग, लोचन खंग छन् ।

त्यस्तै, लुटपिट मुद्दाका डाक्नेश्वरी नगरपालिका–२ का दयावती बिक, विरेन्द्र विक र दुलारी देवी विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

पक्राउ परेका सबै जनालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस