सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

विराटनगर । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका – १५ कृष्णपथमा करेन्टलागेर पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधानको मृत्यु भएको हो ।

स्थानिय पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका प्रधानको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस