त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् ।

नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

त्रिविमा नेविसंघ र आंशिक शिक्षकले लगाएको ताला खोल्ने विषयमा सुझाव दिन छाडेर उनीहरूले उल्टै राजीनामा माग गरेका हुन् । राजीनामा मागेका तीन संगठनले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको राजीनामा मागेका छन् ।
तीन पदाधकारीमध्ये उपकुलपति र रजिस्ट्रार एमाले निकट हुन् भने शिक्षाध्यक्ष भुसाल माओवादी निकट हुन् ।

विगत लामो समयदेखि भागबन्डामा देशका ११ वटै विश्वविद्यालयमा राजनीति आडमै पदाधिकारी नियुक्ति भइरहेका छन् । त्रिविमा तीन दल हाबी देखिएको छ । उनीहरूले निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लान्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप लगाउँदै राजीनामा मागेका हुन् ।

तीन संगठनले विज्ञप्ति जारी गरी राजीनामा मागेका हुन् । ती संगठनले उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780