मधेस प्रदेशसभाको बैठक पुनः स्थगन, अर्को बैठक शुक्रवार बस्ने

जनधपुरधाम । मधेस प्रदेशको आजका लागि बोलाइएको प्रदेशसभा बैठक पुनः स्थगन भएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगन भएको जानकारी गराए ।

प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक भने शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस