मुख्यमन्त्री राउत र बेलायती राजदूतबीच शिष्टाचार भेटघाट

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मंगलवार शिष्टाचार भेटघाट भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो ।

भेटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । भेटका क्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस