वीरगंजमा १८ करोडको लागतमा मानव सेवा आश्रम निर्माण हुँदै

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रवार वीरगंज महानगरपालिकामा मानव सेवा आश्रम भवनको शिलान्यास गरेका छन् । आश्रम शिलान्यास गर्दै उनले मानव सेवा सबैभन्दा उत्तम सेवा रहेकोले सो कार्यमा लागेकाहरुको प्रशंसा गरेका हुन् ।

‘मानव सेवा सबैभन्दा उत्तम सेवा हो’ उनले भने–‘यस कार्यमा संलग्न सम्पुर्ण टिमलाई सैल्युट गर्न चाहन्छु ।’ भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख रकम छुट्याइएको भएता पनि जग्गा आभावका कारण रकम फ्रीज भएको उल्लेख गर्दै उनले अगामी आर्थिक वर्षमा यथोचित बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

भवन निर्माण मात्र नभइ संचालनको गुरु योजनासहितको प्रस्ताव प्रदेश सरकारलाई उपलब्ध गराउन उनले आग्रह समेत गरे । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा आयोजना कार्यक्रममा सांसद प्रदिप यादव, महानगरका प्रमुख विजय सराबगी लगायतको उपस्थिती थियो ।

वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा उपलब्ध गराएको १८ कठ्ठा जग्गामा १८ करोडको लागतमा निर्माण हुन लागेको सुविधा सम्पन्न आश्रमको भवन तीन वर्षभित्र पूरा गरिने लक्ष्य राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस