तल्ला तहका २० हजार प्रहरी बढुवाको बाटोमा

काठमाडौं । सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ ।सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो । यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको हो ।

सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरेको थियो ।

यी नयाँ सिर्जना गरिएका पदमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्यांकन चाहिने भएकाले पहिलोपटकलाई वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ ।

उनका अनुसार प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ हजार ४ सय १८ जना, प्रहरी हबल्दारबाट प्रहरी वरिष्ठ हबल्दारमा ३ हजार ७ सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हबल्दारमा १५ हजार २ सय ५३ जना बढुवा हुनेछन् ।

यीमध्ये पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ सय ९१ जना, प्रहरी वरिष्ठ हबल्दारमा १ हजार १ सय ७३ जना तथा प्रहरी सहायक हबल्दारमा १ हजार ७ सय ५२ जना बढुवा सिफारिस भएका छन् । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780