ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर । मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–१० का ट्याक्टर चालक १९ बर्षीय पिलिज बि.क. रहेको छ ।

केराबारी गाँउपालिका ८ स्थित को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी जाने क्रममा अचानक ट्याक्टर अनियन्त्रित हुँदा स्ट्रिङले च्यापिई घाईते भएको थियो । गम्भीर घाइते भएको वि.कको उपचारको लागि स्थानिय सुकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस