दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के गर्न पाइने, के नपाइने ? (पूर्णपाठसहित)

जनकपुरधाम। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त रुपमा निर्वाचन गराउन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

निर्देशनअनुसार दलहरूले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन पाउने छैनन् भने कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन पाइने छैन ।

त्यस्तै, सभा वा भेला र भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि वाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग नगर्न पनि आयोगले भनेको छ भने चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने आयोगले समय तोकेको छ ।

निर्देशनको पूर्णपाठ हेर्नुहोस्ः

Press Release 2078-12-22

Author:



क्याटोगरी छान्‍नुहोस