खाना पकाउने ग्याससहित इन्धनको मूल्य बढ्यो

जनकपुरधाम । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १ हजार ६ सय रुपैयाँ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस