मधेश सरकारको राजपत्रः २०७९ सालमा ११ दिन विदा, होलीको भोली पनि विदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले २०७९ का लागि दिने बिदाको सूची सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रअनुसार २०७९ मा मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ ।

प्रदेश राजपत्रमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म संघ सरकारले दिने बिदाको अतिरिक्त विदा दिइएको प्रकाशित सूचनामा उल्लेख छ । विदाको सूचीमा वैशाख २ गते सिरुवा पर्व र वैशाख २७ गते जानकी नवमी रहेको छ ।

त्यस्तै, इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फित्र) र पैगम्बर मोहम्मदको जन्मदिवसको अवसरमा सार्वजनिक विदा दिने बिदा दिइने छ । यद्यपी, मिति किटान नगरी तिथिअनुसार सो पर्वमा विदा दिइने राजपत्रमा उल्लेख छ ।

त्यस्तै, छठ पर्वको पारनको दिन कार्तिक १४ गते, विवाह पञ्चमी (सीताराम विवाह उत्सव)को अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते (होली पर्वको भोली पल्ट) र रामनवमीमा चैत १६ गते सार्वजनिक विदा रहने प्रदेश सरकारले बिदा निर्धारण गरेको राजपत्रमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस