खाल्डोमा डुबेर एक बालकको मृत्यु

file photo

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा खाल्डोको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोही गाउँपालिका–३ स्थित एबीसी ईटाभट्टा नजिकै खाल्डोमा जमेको पानीमा डुबेर भारतको पश्चिम बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँयाको मृत्यु भएको हो ।

सो ईटाभट्टा नजिकै खेल्ने क्रममा खाल्डोमा डुबेर गम्भीर घाइते बालकको कोशी अस्पतालमा चिकित्सक मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस