निर्वाचन आयोगले स्मरण गरायो आचारसंहिता

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको स्मरण गराएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी सो स्मरण गराएको हो । विज्ञप्तिमा भनिएको छ– ‘उम्मेदवारको कार्यालयमा तुल ९कपडा० मा बनाइएको ३ फिट लम्बाइ र ३ फिट चौडाइको दलको झन्डा र सोही नापको चुनाव चिन्हबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने व्यवस्था छ ।

साथै निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने प्रावधान पनि आचारसंहितामा रहेको छ ।निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि सम्पूर्ण राजनीतिक दल, नेतागण, कार्यकर्ता एवं सम्बद्ध सबैलाई निर्वाचन आयोगले पुनः स्मरण गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएको नेपाल समाचारपत्रमा समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780