खडकमा माओवादी केन्द्र र नेकपा (एस)बीच चुनावी तालमेल

राजविराज । सप्तरीको खडक नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबीच तालमेलको सहमति भएको छ ।

सत्तारुढ पाँच दलिय गठबन्धनआवद्ध दलहरुबीच तालमेल नहुने भएपछि नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबीच तालमेलको सहमति गरिएको हो । दुवै दलआवद्ध खडक नगरपालिका कमिटीको संयुक्त बैठकबाट सो सहमतिबारे निर्णय लिइएको जनाएको छ ।

बैठकपछि नेकपा (एकिकृत समाजवादी) नगर कमिटीका अध्यक्ष विजय कुमार साह र नेकपा माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष जय प्रकाश चौधरीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।

परिवर्तन विरोधी दललाई परास्त गर्न दुई परिवर्तनकारी दलबीच चुनावी तालमेल गरेर स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको विज्ञप्तिमा छ । दुई दलिय सहमतिअनुसार नगरपालिकामा वडादेखि नगर प्रमुख र उप–प्रमुखमा सिट बाडँफाड गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस