राजविराजका मेयर यादवद्वारा राजीनामा

राजविराज, ९ वैशाख। सप्तरीको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले शुक्रबार राजीनामा दिएका छन् ।

यहीँ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पुनः मेयर पदमा उम्मेदवारी दिने निश्चित भएपछि यादवले राजीनामा दिएका हुन् ।

निर्वाचन आयोगको बहालवाला जनप्रतिनिधिहरुले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनैपर्ने बाध्यात्मक व्यवस्थाअनुसार उनी पदबाट राजीनामा दिएका हुन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयर पदमा निर्वाचित भएका यादव हाल जनता समाजवादी पार्टी (जसपा) नेपाल, राजविराज नगरपालिकाका वरिष्ठ उपाध्यक्ष हुन् ।

पार्टी निकट श्रोतका अनुसार यादवले नै पुनः मेयर पदमा टिकट पाउने पक्का–पक्की रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस