कञ्चनरुपमा जनमतका इन्द्रदेवको अग्रता कायमै

राजविराज, ३१ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीले अग्रता बनाएको छ । उम्मेदवार इन्द्रदेव गौडगीयाले ३६४ मतकासाथ अग्रता बनाएका हन् ।

उनलाई जसपाका उम्मेदवार भोलाकुमार पासवानले २६३ मतका साथ पच्छ्याइरहेका छन् ।

कञ्चनरुप अपडेटः

जनमत मेयर–इन्द्रदेव गौडगीयाः ३६४
जनमत उपमेयर–सम्झना राणाः ३५८

जसपा मेयर–भोला कुमार पासवानः २६३
जसपा उपमेयर– कल्पना कुमारी चौधरीः २५२

कांग्रेस मेयर–ललनप्रसाद गुप्ताः १९८
कांग्रेस उपमेयर–मुनाकुमारी पाखरेलः २०५

Author:



क्याटोगरी छान्‍नुहोस