दुई सय ३३ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ६२ पालिकामा समेटिएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र ५० पालिकामा विजयी भएको छ । एकीकृत समाजवादी ४ ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले दुई वटा पालिका जितेको छ । सात ठाउँमा भने अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । देशभर मतगणना जारी रहेका ठाउँमा नेपाली कांग्रेसले सबै भन्दा बढी २ सय ७ ठाउँमा अग्रता लिएको छ ।

यसैगरी नेकपा एमालेले १ सय २१ ठाउँमा अग्रता बनाउदा माओवादीका उम्मेदवार ६७ ठाउँमा अगाडि रहेका छन् । जनता समाजवादी पार्टी नेपाल २७ ठाउँमा अगाडि रहेको छ भने नेकपा एकिकृत समाजवादी १७ ठाउँमा अगाडि रहेको छ । साथै लोकतान्त्रिक समाजवादी पार्टी भने ११ ठाउँमा अग्र स्थानमा रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस