बोदे बरसाइन–२ मा माओवादी केन्द्रका राम निर्वाचित

राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नम्वर २ मा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । वडाअध्यक्ष पदका उम्मेदवार रामप्रसाद रामले ५४९ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)ले ५ सय मत प्राप्त गरेको निर्वाचन अधिकृत तोमनाथ उप्रेतीले जनकारी दिए ।

वडा नं.२ का निर्वाचित उम्मेदवारहरुः
वडा अध्यक्ष (माओवादी केन्द्र) : ५४९
महिला सदस्य (लोसपा) : ५०३
दलित महिला सदस्य (लोसपा) : ५००
सदस्य (माओवादी केन्द्र) : ४९०
सदस्य (जसपा) : ४९०

Author:



क्याटोगरी छान्‍नुहोस