सर्लाहीको हरिपुरमा पनि कांग्रेसकै जित

सर्लाही । हरिपुर नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार गोपाल पंजियारले ६ हजार ९३८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

पंजियारका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३ हजार ८८६ मत प्राप्त गरे । त्यस्तै, उप–प्रमुखमा पनि कांग्रेसकै उम्मेदवार निलम रायले ५ हजार ५५२ मत प्राप्त गरी निर्वाचित भइन् ।

रायकी निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४ हजार ०७६ मत प्राप्त गरिन् । यसअघि धनकौल गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस