छिमेकीको कुटाइले गर्भ तुहियाे, न्याय गुहार्दै पीडित

राजविराज, १४ जेठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । छिमेकीकाे कुटाइले गर्भ नै तुहिएपछि वडा नम्बर ४ कि २२ बर्षिया राजुदेवि मण्डलले न्यायकाे गुहार गर्दै शनिबार सदरमुकाम राजविराज आइपुगेकी छिन् ।

सञ्चारकर्मीसमक्ष उनले छिमेकी हरिहर मण्डल र उनका छोराहरु श्रीराम मण्डल र शिवशंकर मण्डलले घरमा पसेर आन्दाधुन्दा कुटपिट गरेको र कुटपिटबाट आफ्नो पाँच हप्ताको गर्भ तुहिएको आरोप लगाइन ।

‘जेठ ९ गते दिउँसोको श्रीमान बाख्रा चराउन गएका थिए, बाख्रा चाराउने ठाउँमा हरिहरले पालेको कुकुरलाई कुटेका थिए’ उनले भनिन् ‘सोही विषयलाई लिएर दिउँसो ३ बजे बावुछोरा मिलेर घरमै पसेर अन्धाधुन्ध कुट्न थाले । उनीहरुले लछारपछार गर्दै कुटे।’

कुटपिटबाट आफ्नाे पेटमा गम्भीर चाेट लागेको उनले दुखेसो गरिन । ‘मलाई लाती र मुड्कीले जथाभावी हान्न थाले ।कुटाइबाट मेरो पेटमा गम्भीर चोट लागेर रक्तस्राव हुन थाले’ उनले भनिन् ‘घटनाको दाेस्राे दिन (जेठ १० गते) जाँच गराउदा गर्भ खेर गएकाे चिकित्सकले पुष्टि गर्नुभयाे ।’

घटना बारे प्रहरीमा पनि जानकारी गराइसकेकाे बताउँदै उनले वडाका जनप्रतिनिधिहरुले घटनामा मिल्न दबाब दिएपछि आफु थप पीडित हुन पुगेको गुनासो गरिन । ‘एकातिर जनप्रतिनिधिहरुले मिल्न दबाब दिँदै आइरहेका छन् भने अर्कोतिर पीडकहरु पनि धाकधम्की दिइरहेकाले आफु र आफ्ना परिवारका सदस्यमाथि थप तनाव थपिएको छ’ उनले भनिन् ‘बाध्य भएर न्यायकाे गुहार गर्दै चाैतर्फी भाैतारिनु परेको छ।’

उनले न्यायका लागि संचारकर्मी, मानव अधिकारकर्मी, स्थानीय प्रशासन लगायतलाई सहयोगको लागि आग्रह गरिन ।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटना बारे बुझ्ने कार्य भइरहेको बताए । ‘पीडित पक्षबाट जाहेरी आएको छ वा छैन भनेर बुझ्दैछु’ उनले भने ‘त्यस्तो छ भने हामी कानुन अनुसार अघि बढ्छाैं।’

Author:



क्याटोगरी छान्‍नुहोस