कटारीमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

उदयपुर, १६ जेठ । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ ।

सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड गाडी भदौरे भन्ने स्थानमा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भएर सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गाडीका चालक सिमरा उप–महानगरपालिका–१ का ३३ बर्षीय सुदिप घलान, सोही ठाउँका २५ बर्षीय नितेष खड्का, १७ बर्षीय अनुज लामा र ३७ बर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस