राजविराज, १९ जेठ । त्रियुगा नदीमा पौडी खेल्न हाम फालेर वेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेको छ।
विहिवार दिउँसो बेलका नगरपालिका–४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रविण खत्री साथीहरु पौडी खेल्न नदीमा हाम फालेका थिए ।
सोही क्रममा उनी वेपत्ता भएपछि ईलाका प्रहरी कार्यालय फत्तेपुर, सप्तरीमा पनि जानकारी गराइएको थियो ।
सो ईलाकाका प्रहरी, स्थानीयवासिन्दा र सशस्त्र प्रहरी बल फत्तेपुरले खोज तलास गर्ने क्रममा खत्री मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।