मधेश प्रदेशको ३१ प्रतिशत मात्रै बजेट खर्च

student

जनकपुरधाम। संघीय सरकारले प्रदेशलाई न्यून बजेट दिएको भन्दै मधेश प्रदेशले हरेक वर्षजसो असन्तुष्टि जनाउने गरेको छ । तर, पाएको बजेट खर्च गर्न भने प्रदेश सरकार चुकेको देखिएको छ ।

आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी छ । तर, अहिलेसम्म सरकारको खर्च जम्मा ३१ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्षमा ३४ अर्ब २२ करोड ७ लाख बजेट विनियोजन गरिएकोमा हालसम्म जम्मा १० अर्ब ६१ करोड २४ लाख रुपैयाँ बराबर मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै, चालुतर्फ कुल विनियोजित बजेटको ४१ प्रतिशत र पुँजीगत तर्फ २२ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फको बजेट खर्च सन्तोषजनक नै देखिए पनि पुँजीगत अर्थात विकास बजेट खर्च अत्यन्त दयनीय देखिएको छ ।

पुँजीगत तर्फ सरकारले १९ अर्ब १२ करोड विनियोजन गरेकोमा ४ अर्ब २४ करोड ९८ लाख मात्र खर्च भएको कार्यालयले जनाएको छ । चालुतर्फ सरकारले १५ अर्व २१ करोड बजेट विनियोजन गरेकोमा ६ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस