काठमाडौं–तराई–मधेस द्रुतमार्गको काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ ।

सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाललले निर्माणको जिम्मा पाएको कम्पनीलाई निलम्बन गरिएको नभई द्रुतमार्गमा भइरहेको कामको रिभ्यु गर्न निर्माण कम्पनीले गरिरहेको काम मात्रै रोकिएको जानकारी दिए ।

‘अहिले काम ससपेन्ड गरेर फिल्ड भिजिट भइरहेको छ, कुनै पनि प्रोजेक्टमा भइरहेको कामको रिभ्यु गर्ने प्रक्रियाअन्तर्गत भइरहेका कामलाई ससपेन्ड गरेर रिभ्यु गरिन्छ, यो त्यही प्रक्रिया हो, निर्माण कम्पनीलाई नै कामबाट हटाएको होइन,’ सैनिक प्रवक्ता सिलवालले भने ।

उनका अनुसार फिल्ड भिजिटका क्रममा हालसम्म भएका कामका सन्दर्भमा केही त्रुटि भएको पाइए तोकिएको मापदण्डअनुसार निर्माण कम्पनीलाई रिभ्यु गर्न लगाइनेछ । यस्तै, फिल्ड रिपोर्ट ठिक आए काम अघि बढ्नेछ ।

‘अहिले हामीसँग भएका केही प्रश्नको जवाफ लिएर आउनुस् भनेर निर्माणकम्पनीसहितको टोलीलाई हामीले फिल्डमा पठाएका हौं, फिल्डमा गएको टोली फर्किएपछि परामर्शदाता कम्पनी ९कन्सल्टेन्ट०ले दिएको सुझावअनुसार काम अघि बढ्छ,’ सैनिक प्रवक्ता सिलवालले अघि भने । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस