जिसस धनुषामा कांग्रेसको प्यानल निर्विरोध चयन

जनकपुरधाम । धनुषा जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । बुधवार समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकार दिए ।

उनका अनुसार सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार निर्वाचित भएका छन् ।

त्यस्तै, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस