१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८-७९ को १० महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ५ प्रतिशतले बढेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवको वैशाखसम्मको अवधिमा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९ दशमलव ७ र ९० दशमलव ३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ५९ दशमलव ८ प्रतिशतले वृद्धि भई एक खर्ब ७३ अर्ब ३५ करोड तथा कुल पैठारी २८ प्रतिशतले वृद्धि भई १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालु आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस