मिटरब्याजी साहु विरुद्ध राजविराजमा चर्को नाराबाजी

राजविराज, ३० जेठ । मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।

जिल्लाको बोदे बरसाइन, खडक र शम्भुनाथ नगरपालिकाबाट सदरमुकाममा भेला भएका उनीहरुले मिटरब्याजी विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका सहभागीहरुले ‘गैर कानुनी कार्यमा संगलन मिटरब्याजी साह परिवारमाथि कारबाही गर’, ‘विपन्नलाई विस्थापित गराउने मिटरब्याजी परिवारमाथि कारबाही गर’, खुँखार मिटरब्याजी साहलाई पक्राउ गर’ लगायतका नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।

न्याय नपाए आफुहरुलाई उठिवास नै हुनुपर्ने अवस्था आउने भएकाले बाध्य भएर संघर्षको सहारा लिनु परेको मिटरब्याजी साह पीडित संघर्ष समितिका संयोजक छेदीलाल पासवानले बताए । ‘हामीले न्यायको लागि संघर्ष समिति बनाएर अघि बढेका छौं, न्याय नपाए हामी ९ जनाकै परिवार उठिवास हुन्छौं’ उनले भने–‘न्यायको लागि पहल गरिदिनुहुन सबैमा आग्रह छ ।’

यो पनिः

मिटरब्याजी साहु विरुद्ध राजविराजमा चर्को नाराबाजी

Author:



क्याटोगरी छान्‍नुहोस