आगामी निर्वाचनका लागि आजबाट मतदाता नामावली संकलन हुँदै

जनकपुरधाम, १ असार । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दैछ ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो ।

स्थगित भएको सो काम आजबाट पुनः सुरु गर्न लागिएको हो । विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरुले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस