हप्ताको दुई दिन बिदा दिने निर्णय आजबाट खारेज

जनकपुरधाम, १ असार । सरकारले आजदेखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । आजबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गत जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिने बिदा र बिहान ९ बजेदेखि बेलुका साँढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय कार्यान्वयन गर्न जटिल र अव्यवहारिक भएको भन्दै सरकारले यो निर्णय खारेज गरेको हो ।

सोही निर्णय खारेज भएसँगै सबै कार्यालयहरु असार १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

त्यस्तै, शुक्रबारको दिन विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सबै सरकारी कार्यालय खुल्ने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस