मौद्रिक निती : घरजग्गामा कडाई, सेयर बजार खुकुलो

काठमाडौं । आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व वृद्धि गर्ने गरी नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ । आन्तरिक उत्पादकत्व वृद्धि गर्ने, मूल्य नियन्त्रण गर्दै बाह्य क्षेत्र स्थायित्व कायम राख्ने लक्ष्यका साथ शुक्रबार मौद्रिक नीति ल्याइएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याएउनेगरी मौद्रिक नीति ल्याएको बताए ।

घरजग्गा कारोबारलाई कडाइ गर्दै, कृषि तथा स्वरोजगार एवं साना व्यवसायीलाई राहत हुनेगरी र सेयर बजारतर्फ खुकुलो नीतिका साथ मौद्रिक नीति आएको छ । केन्द्रीय बैंकले कर्जा वृद्धिभन्दा पनि कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता तय गरेको छ ।

साना, घरेलु, लघु तथा मध्यम उद्यमका लागि कर्जा पहुँच बढाइ कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड दिएको छ । राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा प्रवाह ६ दशमलव ४ प्रतिशतले घटाएर १२ दशमलव ६ मा सीमित राख्ने लक्ष्य निर्धारण गरेको छ । गत आवमा १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिएको थियो ।

कर्जा विस्तार खुम्चिएपछि बैंक तथा वित्तीय संस्थाको व्यवसाय विस्तारमा पनि प्रभाव पर्नेछ भने यसको असर बैंकहरूको नाफा तथा लगानीकर्ताको प्रतिफलमा पर्नेछ । यसले गर्दा मूल्यवृद्धि हुने चेतावनी निजी क्षेत्रले दिएको छ ।

सर्वसाधारणको निक्षेप सुरक्षित गर्न नगद मौज्दात र वैधानिक तरलता अनुपात ९एसएलआर० वृद्धि गरेको छ । मौद्रिक नीतिमार्फत ३ प्रतिशतको सीआरआरलाई बढाएर ४ प्रतिशत पुर्याएइएको छ । यस्तै, एसएलआर पनि २ प्रतिशतले वृद्धि गरेको छ । तरलता अभाव बढिरहेका बेला वित्तीय स्थायित्व कायम गर्न र सर्वसाधारणको निक्षेप सुरक्षाका लागि राष्ट्र बैंकले कसिलो नीति लिएको हो । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस