राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु

काठमाडौं । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो।

‘राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ। केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो’, अनुसन्धान विभागका एक अधिकारीले भने। ती अधिकारीका अनुसार दुई महिनायता सो मेसिन सक्रिय छ। भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउनेजाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ सुरु गरिएको स्रोतले जनाएको छ। फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन। बेलाबखत भने यो मेसिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ। ‘संदिग्ध व्यक्तिहरूका पछाडि लाग्नु, गुप्तचरी गर्नु र सूचना संकलन गरेर राज्यलाई बुझाउनु विभागको दायित्व हो, जुन कुरा राष्ट्रिय हितमा हुनुपर्छ’, विभाग स्रोतले भन्यो। नेपालमा प्रतिआतंकवाद सेल नभएका कारण पनि सरकारले यस्ता विषयमा कानुन बनाएर फोन ट्यापिङ गर्न दिनुुपर्ने विभागको माग छ।

विभागले सुरक्षा निकायका प्रमुखहरूको गतिविधिबारे भने कुनै पनि सूचना संकलन गरेको छैन। मौखिक सहमतिअनुसार विभागले सुरक्षा अंगका चारवटै प्रमुखका गतिविधि र फोन निगरानी गर्दैन। त्यसबाहेक विभागका मुख्य अनुसन्धान निर्देशकको ठाडो आदेशमा जोकोहीको फोन

ट्यापिङ हुन सक्छ। नेपालमा भारतीय सुरक्षा अधिकारीका अतिरिक्त चिनियाँ, अमेरिकी, बेलायती र पाकिस्तानी सुरक्षाकर्मी सहचारीका रूपमा बस्दै आएका छन्। खासगरी भारतीय सुरक्षा अधिकारी विभिन्न बहानामा नेपाल आउने र नेपाली सुरक्षा अधिकारी तथा राजनीतिज्ञसँग पनि सम्पर्क बढाउन थालेको सूचना विभागमा आएपछि फोन ट्यापिङ मेसिन सक्रिय बनाइएको स्रोतको दाबी छ । नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780