वडामा एमालेभन्दा कांग्रेस एक लाख ४४ हजार मतले अगाडि, अरू कसको कति ?

जनकपुरधाम । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसले ६ हजार ७४३ वडाबाट ३९ लाख ५६ हजार १९३ मत प्राप्त गरेको छ  ।

आयोगको तथ्याकअनुसार जुन कुल मतको ३४.२८ प्रतिशत हो ।

एमालेले कांग्रेसभन्दा एक लाख ४४ हजार ५९१ मत कम पाएको तथ्यांकमा उल्लेख छ ।

नेकपा (एमाले)ले खसेको मतमध्ये ३८ लाख ११ हजार ६०२ मत पाएको छ । यो कुल मतको ३३.०३ प्रतिशत हो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले एमाले पाएको मतभन्दा आधा मत पाउन नसकेको आयोगको तथ्यांकले देखाउँछ । उसले १५ लाख तीन हजार २४७ मत पाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780