रेड टेलिभिजनका सञ्चालक रामाको शालिक अनावरण

 

रौतहट, १९ साउन । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले रौतहटका सञ्चार उद्यमी स्व. रामा यादवको शालिक एक समारोहका बीच अनावरण गर्नुभएको छ ।

जिल्लाको पहिलो टेलिभिजनको रुपमा स्थापित रहेको रेड टेलिभिजनले दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक समारोहका बीच वहाँले टेलिभिजनका संस्थापक यादवको शालिक अनावरण गर्नुभएको हो । कोरोना महामारीमा परि जयरामा मिडिया प्रा.लि.की सञ्चालिका यादवको उपचारको क्रममा २०७८ बैशाख २८ गते मृत्यु भएको थियो । जयरामा मिडिया प्रालि रौतहट अन्तर्गत रेड टेलिभिजन, रेडखबर डटकम अनलाइन पत्रिका सञ्चालनमा रहेको छ भने रेडपोष्ट दैनिक पत्रिका रहेको छ ।

सोही समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री साहले हरेक राजनीतिक परिवर्तनहरुमा मधेश प्रदेशका पत्रकारहरुले महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गर्नुभयो । कोभिड १९ को महामारीमा पत्रकारहरुले ज्यानको पर्वाह नगरी जनतालाई सुसूचित गर्ने कार्यबाट रतिभर विचलित भई दायित्व निर्वहन गरेको वहाँले बताउनुभयो । मिडिया र पत्रकारहरुको हक हित तथा सेवा सुविधाको सवालमा आफुहरु गम्भीर रहेको वहाँले जानकारी दिनुभयो ।

सञ्चार उद्यमी स्व. रामा यादवले रौतहट जिल्लाको सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्नुहुँदै वहाँले प्रशंसा गर्नुभयो । रेड टेलिभिजनको उतरोत्तर प्रगतीको कामना गर्दै प्रदेश सरकारको तर्फबाट रेड टेलिभिजनलाई संरक्षण गर्ने प्रतिवद्धता समेत गृह तथा सञ्चारमन्त्री साहले व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वर्गीय श्रीमती रामा यादवका पति एवम् रेड टेलिभिजनको सञ्चालक जयप्रकाश यादवले आफ्नी पत्नीको इच्छा अनुसार आफुले टेलिभिजन संचालनमा ल्याएको तर तर वहाँ नै संसार छाडेर जाँदा अत्यन्तै दुःखी बनाएको बताउनुभयो । आफुहरुले टेलिभिजन सञ्चालनमा ल्याए पनि टेलिभिजनको सरक्षण गर्ने जिम्मा प्रदेश सरकारको रहेकोले टेलिभिजनको संरक्षणको लागि वहाँले सञ्चारमन्त्री साहसँग आग्रह समेत गर्नुभयो ।

बार्षिकोत्सव समारोहमा विधायक बाबुलाल साह, नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष प्रेमचन्द्र झा, महिला नेता गीता कुशवाहा,लगायतकाले मन्तब्य व्यक्त गर्नुभयो । पत्रकारहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस